कर्णालीमा खाद्य प्रयोगशाला परीक्षण सुरु — OSNepal

कर्णालीमा खाद्य प्रयोगशाला परीक्षण सुरु

LC (KTM) January 22, 2023 0

सुर्खेत- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण सुरु गरेको छ ।गत जेठदेखि सञ्चालनमा ल्याएको थियो अहिले भने परीक्षण नै सुरु गरिएको कार्यालयले जनाएको हो । यसले गर्दा गुणस्तरयुक्त खाद्य पाउने नागरिक अधिकारलाई सघाउ पु¥याएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिनुभयो ।

“अहिले दैनिक उपभोग्य वस्तुको प्रयोगशालामा मापन भइरहेको पनि उहाँको भनाइ छ । दैनिक उपभोग्य वस्तुको गुणस्तरयुक्त छ कि छैन ? भनेर हामीले कर्णाली पहिलो प्रयोगशाला परीक्षण सुरु गरेका छौँ ।” उहाँले भन्नुभयो, “अब गुणस्तर मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता त हटेको छ भने नागरिकलाई गुणस्तरयुक्त खाद्य वस्तु उपभोगमा समेत सघाउ पुगेको छ ।”

यसैबीच कार्यालयले तीन महिनाको प्रगति सार्वजनिक गरेको छ । दोस्रो त्रैमासिक प्रगति सार्वजनिक गर्दै ४१ दशमलव ९० प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयको भनाइ छ । जसअन्तर्गत कार्यालयले ४१ दशमलव ९० प्रतिशत भारित प्रगति र ३० दशमलव ७७ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।

कार्यालयका निमित्त प्रमुख थापाका अनुसार पहिलो त्रैमासिकमा कार्यालयले ४० दशमलव ६७ प्रतिशत भारित प्रगति र ५६ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो । कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढवा दिएको उहाँको भनाइ छ ।

कार्यालयले तीन महिनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार दुई, दूध, तेल, पानी उत्पादन गर्ने उद्योग १९, होटल÷ रेष्टुरेन्ट, मीठाइ पसल ३३ गरी एक सय १४ वटा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा कार्यालयले रु छ लाख ८५ हजार सात सय मूल्य बराबरको गैरखाद्य वस्तु जफत गरी नष्ट गरेको छ भने छ महिनामा रु आठ लाख २० हजार दुई सय मूल्यको खाद्य नष्ट गरेको निमित्त प्रमुख थापाले बताउनुभयो । कार्यालयले हालसम्म एक लाख ९२ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भए पनि भौगोलिक विकटता, सीमित स्रोत साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको उहाँको भनाइ छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर