काठमाडौं २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले ढिलो चाँडो देशमा हिन्दुराष्ट्र आउने दावी गरेका छन् । हिजो एक कार्यक्रम मार्फत नेता थापाले यस्तो प्रतिक्रया दिएका हुन् ।
‘ढिलोरचाँडो हिन्दुराष्ट्र बन्छ, बनाउनुपर्छ । हामीले यो हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर राज्यले हिन्दुराष्ट्रलाई मात्रै बढावा दिनुपर्छ भनेको होईन’ थापाले भने । बहुलवादमा विश्वास गर्ने सनातन हिन्दु धर्मले अरु धर्म र संस्कृतिको अस्तित्व स्विकार गर्ने नेता थापाले बताएका थिए ।
नेता थापाले फरक प्रसंगमा देशको वतएमान समस्या समाधान गर्न चुनावको आवश्यकता रहेको भन्दै कार्यक्रममा अगाडी भने, सैद्धान्तिक रूपमा हामीहरु चुनावको पक्षमा छौँ । देशमा अहिले जेरजस्तो विकृति तथा विसंगति देखिएका छन्, यसको समाधान ताजा जनादेश हो भन्ने हाम्रो पार्टीको मान्यता छ ।
तथापी, संसद पुर्नस्थापनको मुद्धा अदालतमा विचाराधिन रहेकाले वर्तमान अवस्थामा चुनाव आवश्यक भएपनि अदालतको फैसला आफूहरुलाई स्विकार्य भएको समेत बताएका थिए ।