आज पनि कोरोना निको हुनेभन्दा संक्रमितको संख्या बढी, १५ जनाले गुमाए ज्यान — OSNepal

आज पनि कोरोना निको हुनेभन्दा संक्रमितको संख्या बढी, १५ जनाले गुमाए ज्यान

LC (KTM) July 06, 2021 0

काठमाडौं-मंगलबार २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अबधीमा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् ।

लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ९ हजार २६३ पुगेको छ । हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर