काठमाडौं २२ असार । फुटको नजिक पुगेको जनता समाजवादी पार्टी ९जसपा०का नेता महेन्द्र राय यादवले गल्ती सच्चाए एकता हुन सक्ने बताएका छन् । अध्यक्ष उपेन्द्र यादव निकट यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले आफ्नो गल्ती सच्चाए एकता हुने बताएका हुन् ।
नेता यादवले आज आयोगबाट बाहिरिने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । आयोगले आफ्नो पक्षलाई पार्टीको आधिकारिकता दिने बताएका नेता यादवले ठाकुर पक्षले गत चैत ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको भन्दै पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।
ओलीको समर्थनमा राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने , ओली विरुद्ध लागि परेका विपक्षी दलहरुलाई समर्थन गर्नुपर्ने पनि बताएक छन् । पार्टी एकता हुनुलाई ठाकुर पक्ष जिम्मेवार रहेको समेत नेता यादवले बताएका छन् ।