बलिउडमा दीपिका तथा रणबीर सिंहको जोडी एकदमै बेस्ट जोडीमा गनिन्छ । अनस्क्रिन होस् या अफ स्क्रिन यी दुबैको केमेस्ट्रिले फ्यानको मन जितेको छ । यी दम्पत्तिलाई ठुलो पर्दामा संजय लीला भन्सालीको फिल्म गोलियो की रासलीला राम–लीलामा देखिएको थियो । जहाँ दुबै जना एकदमै महत्वपुर्ण भुमीकामा रहेका थिए ।
आज रणबीरको जन्म दिनको अवसरमा हामी तपाईहरुलाई एउटा यस्तो फिल्मको कहानी बताउँदै छौ शायद तपाईले पहिलो पटक सुन्दै हुनुहुन्छ होला । याद रहोस् कि यहि फिल्म पश्चात यी दुई बीच प्रेम सुरु भएको थियो ।
फिल्म रामलीला देखी यसरी सुरु भयो यी दुईको प्रेम लिला
फिल्म राम लीलाको एक क्रु मेम्बरका अनुसार यस फिल्मको गित अंग लगा दे को शुटिंगको दौरान रणबीर सिंह र दीपिका पादुकोण दुबै जनाको किस सीन थियो । त्यहि सिन बाट आफुलाई यी दुई बीच प्रेम सुरु भएको आफुलाई लागेको ति क्रु मेम्बरले बताएका छन् ।
केही सिन गर्दा दुबै जनाले आफुलाई बिर्सिएको र निर्देशक संजय लिला भन्सालीले कट भन्दा समेत नछोडेको बताईएको छ । यहि पल थियो रणबीर र दीपिकाले आफै लाई मात्र नभएर फिल्म युनिटलाई नै चकित बनाई दिएका थिए । ति क्रु मेम्बरले बताए– यो नयाँ माया थियो । उनीहरु एक अर्कालाई बेबी भनेर बोलाउँथे, साथै खान्थे ।
उनीहरु जब शुटिंग हुदैन थियो त्यतिबेला उनीहरु गायब हुने गरेका थिए । जब मैले उनीहरुलाई बाजीराव मस्तानीको बेला देखे तब मलाई थाहा भयो कि केही चलिरहेको छ । त्यस्तै उनीहरु कुनै मतलव राख्दैनन थिए लाग्छ कि उनीहरु बिबाहीत जोडी हु्न् । यी दुबै जोडीले एकै साथ गोलियों की रासलीला, फाइनडिंग फैनी, बाजीराव–मस्तानी तथा पद्यमावत जस्ता हिट फिल्म दिईसकेका छन् ।