ट्वीटरले थप कर्मचारी कटौती गर्ने — OSNepal

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

LC (KTM) January 19, 2023 0

न्युयोर्क, ५ माघ-ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको उत्पादन डिभिजनमा ५० जना कामदारहरूलाई हटाउने योजना बनाएको छ । समाचार साइट इनसाइडरले कम्पनीसँग परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ ।

एलोन मस्कले थप कर्मचारीहरू कटौती नगर्ने प्रतिबद्धता जनाएको ६ सातापछि आएको हो । कटौतीले कम्पनीको हेडकाउन्ट २,००० भन्दा कममा घटाउन सक्ने रिपोर्टमा जनाइएको छ । एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि उनले ट्वीटरमा धेरै उथलपुथल गरेका छन् । उनले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क लिनेलगायत अन्य विवादास्पद निर्णय गरेका छन् । 
ट्वीटरका कतिपय निर्णयविरुद्ध कर्मचारीहरु अदालतसम्म पुगेका छन् । केहीसमय अघिभएको अनलाइन सर्वेक्षणमा मस्कले सीइओबाट राजीनामा दिनुपर्ने बताएका थिए । मस्कले यसअघि सर्वेक्षण मत स्वीकार्ने बताए पनि कुनै निर्णय गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर