मृत्यु भन्ने चिज एकदमै ध्रुबसत्य कुरा हो । मान्छे जन्मिएपछि मृत्यु निश्चित नै छ । अमर कोही नै रहदैन उसको यश र किर्ती बाहेक । आज हामी यहि बिषयमा चर्चा गर्दैछौ कि बलिउडका त्यस्ता सेलीब्रेटीहरु जस्ले लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेर अर्थात जवानीमै आफ्नो जिवनसाथी गुमाएका छन् । यस्ता सेलीब्रेटीहरु मध्ये मन्दिरा बेदी , शान्ति प्रिया, गायिका बिजेता पण्डित, रेखा, सुतपा सिकदर लगायत रहेका छन् ।
मन्दिरा बेदी
मन्दिरा बेदी बलिउडमा चर्चित नाम हो । उनी बलिउडका सफल निर्देशक राज कौशलकी धर्मपत्नि हुन् । उनले केही दिन अघि मात्र आफ्ना पति राजलाई गुमाएकी छिन् । राज कौशलको ४९ बर्षको उमेरमा केही दिन अघि निधन भएको थियो । मन्दिरा अब जवानीमै एकल महिला बनेकी छिन् ।
बिजेता पण्डित
बलिउडमा चिर परिचित नाम हो गायक आदेश श्रीवास्तव र गायिका बिजेता पण्डित । उनीहरुको सन् १९९० मा बिबाह भएको थियो । बैबाहि सम्बन्धमा बाँधिएको २५ बर्ष पनि पुरा नहुदै उनको श्रीमान् आदेशको ५१ बर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो ।
शान्तिप्रिया
अभिनेत्री शान्तिप्रियाले पनि जवानीमै आफ्नो श्रीमान् गुमाउनु परेको थियो । उनले ३५ बर्षको उमेरमा आफ्नो पति सिद्धार्थ रे लाई गुमाउनु परेको थियो । उनको बिबाह अभिनेता सिद्धार्थ संग १९९९ मा भएको थियो । सन् २००४ मा हृदयघातका कारण उनको श्रीमान् सिद्धार्थको निधन भएको थियो ।
सुतपा सिकदर
लेखिका सुतपा सिकदर बलिउडका चर्चित अभिनेता ईरफान खानकी धर्मपत्नी हुन् । ईरफानको केही समय अगाडि ५१ बर्षको उमेरमा निधन भएको थियो । यी दुबै जनाबीच १९९५ मा बिबाह भएको थियो । इरफानको क्यान्सरका कारण २०२० मा निधन भएको थियो ।
रेखा
बलिउडमा कैयौ फिल्म हिट दिएकी रेखाको जिवन पनि यस्तै अभागि नै रहेको छ । उनको त झन् बिबाह गरेको १ बर्ष नबित्दै श्रीमान्को निधन भएको थियो । रेखाले सन् १९९० मा भारतका मसुर बिजनेशम्यान मुकेश अग्रवाल संग बिबाह गरेकी थिईन् । उनको श्रीमान्को निधन हुँदा उनी मात्रै ३५ बर्षकी थिईन् ।