काठमाडौँ २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको परमादेश जारी गडर्नुपर्ने बातएका छन् । पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका प्रचण्डले संसद पुर्नस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गर्नुपर्ने बताएका हुन् ।
‘सर्वोच्च अदालतमा बुझाएको एक सय ४६ संसदको हस्ताक्षरका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने हामीलाई विश्वास छ ’ प्रचण्डले भने । संविधानको मर्म र भावनाअनुसार संसद पुनर्स्थापनाको कुनै विकल्प नभएको बताएका प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अदालतलाई समते दवाव दिइरहेको आरोप लगाएका छन् ।
लामो समय देखि क्यान्सर रोगबाट पिडित यादवको गएराति आफ्नै निवास जनकपुरमा निधन भएको हो ।