बलिउडमा अहिले एउटा कुराले तहल्का नै मच्चाईरहेको छ । त्यो बिषय हो हिरोईनको पारश्रमिक । संसारभर समान ज्यालाको मुद्धा नउठेका भने हैनन् तर कार्यन्वयन कहि पनि भएको देखिदैन ।
सरकारी सेवा बाहेक पुरुष भन्दा महिलालाई जुनसुकै क्षेत्रमा होस् काम गरे बापत कम पारश्रमिक नै दिईने गरिएको छ । यस्तै मारमा रहेको क्षेत्र मनोरञ्जन पनि हो । उत्तिकै मेहनत र परिश्रम गर्नुपर्ने तथा पारश्रमिकका बिषयमा किन भेदभाव भन्दै बलिउडका हिरोइनहरुले कुरा उठाउन सुरु गरेका छन् ।
यो बिषय अहिले करिना कपुर बाट सुरु भएको हो । उनले रामायण फिल्मका लागि १२ करोड पारश्रमिक मागे पछि बलिउड पुरै हल्लिएको थियो । बलिउडमा हिरोले १२ करोड लिदा हिरोइनहरुले पाउने भनेको एक दुई करोडको अनुपात हो । करिनाले आफ्नो औकात देखाएको भन्दै आलोचना भइरहदा उनको सर्पाेटमा बलिउडका केही नायिकाहरु समेत खरो रुपमा उत्रिएका छन् ।
तापसी पन्नु, सोनम कपुर जस्ता हिरोइनहरुले करिनाको समर्थन गरेका छन् । बिबाह पश्चात श्रीमान् संगै लण्डनमा रहदै आएकी सोनम कपुरले एक भारतीय पत्रिका संगको अन्र्तबार्तामा हिरो–हिरोइनको पैसामा यत्ति धेरै ग्याप हुनु हास्यास्पद रहेको प्रतिक्रिया दिएकी छिन् ।
उनले भनेकी छिन् -बलिउडमा हुने पे ग्याप हास्यास्पद छ । म परम्पराको खिलाफमा छु । यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन ।’ उनले आफुले यसो भनिरहदा फिल्म नपाए पनि मतलब नभएको बताएकी छिन् । सोनमले सुजय घोषको निर्देशन रहेको ‘ब्लाइन्ड’मा काम गरिसकेकी छिन् । यस फिल्मको शुटिंगको काम सकिसकेको बताइएको छ ।