काठमाडौं । झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित भएका छन् । यस अघि फिल्ममा धीरज मगर मुख्य अभिनेतामा फाइनल भइसकेका छन् । फिल्ममा सुहाना थापा मुख्य नायिका हुनेछिन् ।
बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएपछि फिल्ममा विपिनले काम गर्ने पक्का पक्की भएको हो । फिल्ममा विपिनले नायककै भूमिकामा अभिनय गर्ने निर्माता सुनिलकुमार थापाले बताए । योसँगै फिल्ममा प्रमुख कलाकारको समीकरण पूरा भएको छ ।
जनकपुर र मनाङ आसपासमा छायांकन हुने फिल्ममा स्थानीय कलाकार पनि सहभागी हुनेछन् । फिल्मको छायांकन माघ २० गतेदेखि सुरु हुने बताइएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको समेत निर्माता थापाले बताए ।