एजेन्सी – दुर्घटनापछि पहिलोपटक भारतीय क्रिकेटर ऋषभ पन्त आफ्ना फ्यानहरुसँग जोडिएका छन् । गत महिना कार दुर्घटनामा घाइते भएका उनको अहिले मुम्बईमा उपचार भइरहेको छ।
उनको आफ्नो शल्यक्रिया सफल भएको आफैले आफ्ना फ्यानहरुलाई जानकारी गराएका हुन् ।उनले सामाजिक संजालमा जानकारी दिँदै लेखेका छन् ‘तपाईंको सबै सहयोग र प्रार्थनाको लागि म कृतज्ञ छु। मेरो शल्यक्रिया सफल भएको जानकारी दिन पाउँदा खुसी छु। अब बिस्तारै निको भइरहेको छ। म चुनौतीहरूको सामना गर्न तयार छु । त्यसैगरी उनले ‘म मेरा सबै प्रशंसकहरू, टोलीका सदस्यहरू, डाक्टरहरू, फिजियोहरूलाई उनीहरूको प्रोत्साहन र प्रार्थनाको लागि हृदयदेखि नै धन्यवाद दिन चाहेको र आफूलाई मैदानमा हेर्न उत्सुक रहेको बताएका छन् ।
उनी आफैले चलाएको कार कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरमा ठोक्किएपछि आगो लागेको थियो। उनी दुर्घटनामा परेपछि उनका फ्यानहरुले उनका लागि प्राथना गरेका थिए ।ऋषभले आफ्नो शल्यकृया सफल भएको जानकारी गराएपछि फ्यानहरु खुशी भएका छन् ।