तामा लिएर फर्केकी सप्तरीकी २२ वर्षीया कुमारीलाई खोलाले बगायो — OSNepal

तामा लिएर फर्केकी सप्तरीकी २२ वर्षीया कुमारीलाई खोलाले बगायो

LC (KTM) July 06, 2021 0

काठमाडौ । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ ।

आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।

इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर पर मृतावस्थामा उनको शव भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर