आफ्ना खेलाडी अनुबन्धित भएको रकमबाट युक्रेनको एक फुटबल क्लबले युक्रेन युद्धमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने — OSNepal

आफ्ना खेलाडी अनुबन्धित भएको रकमबाट युक्रेनको एक फुटबल क्लबले युक्रेन युद्धमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने

LC (KTM) January 16, 2023 0

युक्रेनको एक फुटबल क्लबले युक्रेन युद्धमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । आफ्ना फरवार्ड खेलाडी चेल्सीमा आबद्ध भएपछि आउने रकमले सहयोग गर्न लागेको उक्त क्लबले जनाएको छ । युक्रेनी क्लब शाख्तर डोनेट्स्कले फरवार्ड मिखाइलो मुड्रिक चेल्सीमा अनुबन्धित भएपछि प्राप्त रकमबाट २२ मिलियन पाउण्ड युक्रेन युद्ध पीडितलाई सहयोग गर्ने घोषणा गरेको हो ।

शाख्तरका अध्यक्ष रिनाट अख्मेटोभले मुड्रिक स्थानान्तरणबाट प्राप्त रकमबाट २२ मिलियन युक्रेन युद्धमा पीडितलाई सहयोग गर्ने जानकारी दिएका छन् । हर्ट अफ एजोभस्टल नामक परियोजनाबाट उक्त रकम युद्धबाट मारिएका सैनिकका परिवारलाई सहयोग गरिनेछ । युक्रेनमा रुसले २०२२ बाट आक्रमण सुरु गरेको थियो ।

सोमबार मात्र युक्रेनी फरवार्ड मुड्रिक ८९ मिलियन पाउण्डमा चेल्सीमा अनुबन्धित भएका थिए । जुन युक्रेनी क्लब फुटबलको ट्रान्सफरमा कीर्तिमानी रकम हो ।२२ वर्षीय फरवार्डले चेल्सीसँग साढे आठ वर्षको सम्झौता गरेका छन् ।यस सिजन उनले शाख्तरका लागि १२ लिग खेलमा ७ गोल गरेका थिए ।उनले चेल्सीमा १२ नम्बरको जर्सी लगाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर