काठमाडौं – प्रदीप खड्काले नयाँ फिल्म साइन गरेका छन् । उनले यही शुक्रबार दीपक वलीको निर्देशनमा बन्न लागेको एक बेनाम फिल्म सम्झौता गरेका हुन् । उनले यो फिल्म मंगो रकम लिएर गर्न लागेको बताइएको छ ।
स्क्रिप्ट र चरित्रबाट प्रभावित भएका उनले यो फिलम गर्न लागेका हुन् । फिल्मको छायांकन चैत बाट सुरु हुने बताइएको छ । यस वर्षको सुपरहिट फिल्म ‘प्रेमगीत ३’पछि करिब दुई महिना मौन रहेका रहेको उनले अब यो फिल्ममा हात पारेपछि फ्यानहरु खुशी भएका छन् ।
ब्राजिल र मेक्सिकोमा सुटिङ हुने फिल्म यात्राको कथामा आधारित हुने छ । महेश दवाडीले फिल्मको कथा तयार पारेका हुन् । बुझिए अनुसार, फिल्ममा प्रदीपको क्यारेक्टर अहिलेसम्मकै भिन्न हुनेछ ।
फिल्ममा प्रदीपलाई अनुबन्ध गराएसँगै निर्माण टिम अन्य कलाकारहरु छनौट गर्ने तयारीमा जुटेको छ । उनले एक बलिउड फिल्ममा काम गर्न लागेको चर्चा भने चलिरहेको छ ।