काठमाठौँ २२ असार । लामो समय देखि क्यान्सर पिडित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। ५७ वर्षको उमेरमा नै हिजो सोमबार आफ्नै निवास धनुषा स्थिति जनकपुरमा यादवको निधन भएको हो ।
यावदको सिनधन बारे पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक शोक वक्तव्य जारी गरी जानकारी गराएका हुन् । २०३६ सालदेखि राजनीति क्षेत्रमा होमिएका यादव २०४८ सालमा जनमोर्चाबाट बालबाखर गाविस उपाध्यक्ष भएका थिए । शोक वक्तव्य मार्फत प्रचण्डले यादवको निधनले देश र पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुख व्यक्त गरेका छन् ।
जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारू र क्रान्तिकारी योद्धा भएको समेत शोक वक्तव्यमा उल्लेख गरिएको छ ।