सेञ्चुरी बैंकबाट निराश भएर बाहिरिए सिइओ गौतम, ९ महिना कार्यकाल छँदै बाहिरिनुको कारण यस्तो रहेछ — OSNepal

सेञ्चुरी बैंकबाट निराश भएर बाहिरिए सिइओ गौतम, ९ महिना कार्यकाल छँदै बाहिरिनुको कारण यस्तो रहेछ

LC (KTM) July 06, 2021 0

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले आफ ्नो कार्यकालको ९ महिना अवधी बाँकी छँदै उनले राजीनामा गरेका हुन् ।

सिइओ गौतमले बैंकलाई राम्रोसँग हाँक्न नसकेका कारण सञ्चालक समिति पछिल्ला दिनमा रुस्ट बन्दै आएको थियो । कोरोना महामारीमा सिइओ गौतमले बैँकलाई समय दिनेभन्दा पनि आफ्नो ज्यान जोगाउने धयाउन्नमा लागेका कारण बैँकको साख समेत गिर्दै जाने थालेपछि संचालक समिति नै तनावमा आएको थियो ।

२०७५ साल वैशाख १९ गते सेञ्चुरी बैंकमा सिइओ भइ प्रवेश गरेका उनीमाथि झन्डै ४ वर्षे कार्यकाल बिताएर बैंकबाट राजीनामा दिएका उनीमाथि नेतृत्वको कमी, असक्षम सिइओको आरोप लागेसँगै उनी विदा भएका छन् । माछापुच्छ्रे बैंकबाट सीईओ बन्न सफल इक्रा नेपाल लिमिटेडमा समेत सीईओ भएपनि सेञ्चुरीमा आएपछि उनले बैँकको साख गिराउने मात्रै काम गरेको आरोप खेप्दै आएका थिए ।

नेपाल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका गौतमले अर्थशास्त्रमा स्नातक र फाइनान्समा एमबीए गौतम सेञ्चुरीमा सिइओ भएर आएपछि एउटा असफल सिइओको ट्याग भिरेर बैंकबाट बाहिरिन बाध्य बने ।

गौतमको बर्हिगमनसँगै अब नेको इन्स्योरेन्समा कार्यरत अशोक खड्का र मनोज न्यौपानेमध्ये एक जनालाई सीईओ बनाउने तयारी बोर्डले गरेको छ । जसका लागि केही समयमा निर्णय गरिने भन्दै बोर्डले बैठक बस्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर