वायुसेवा निगमले कर्मचारी सञ्चयकोषलाई तिर्यो ३३ करोड — OSNepal

वायुसेवा निगमले कर्मचारी सञ्चयकोषलाई तिर्यो ३३ करोड

LC (KTM) January 15, 2023 0

काठमाडौँ-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।

निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको आज विज्ञप्तिमार्फत जनाएको हो । ‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि निगमले गत असार ३० गते रु एक अर्ब ३५ करोड र कात्तिक १ गते रु ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको थियो । विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानीकोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा पछिल्ला दिनमा नियमितरूपमा किस्ता तिर्दै आएको निगमले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर