युरो कप : इटली र स्पेनबिच आज पहिलो सेमिफाइनल खेल हुँदै — OSNepal

युरो कप : इटली र स्पेनबिच आज पहिलो सेमिफाइनल खेल हुँदै

LC (KTM) July 06, 2021 0

काठमाडौँ । इटली र स्पेनबिच युरो कप फुटबलको पहिलो सेमिफाइनल अन्र्तगतको खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने एक बजे इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल सुरु हुनेछ ।

आजको बिजेताल फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राती हुनेछ ।

फिफा वरीयताको शीर्ष टोली बेल्जियमसँग रोमाञ्चक प्रतिस्पर्धा गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्न सफल भएको हो भने स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अघि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर