काठमाडौँ, २१ असार- विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने ५३० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर चालकलाई सचेत गराएको छ । सोही क्रममा प्रहरीले निःशुल्क मास्क वितरण अभियान चलाइरहेको छ । हालसम्म चार लाख ६१ हजार ९९ लाई मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १४६ लाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरी रु १५ हजार जरिवाना गरिएको छ । (रासस)