आजदेखि साताैँ म्याग्दी महोत्सव सुरु — OSNepal

आजदेखि साताैँ म्याग्दी महोत्सव सुरु

LC (KTM) January 12, 2023 0

बेनी-बेनीमा आजदेखि साताैँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०७९ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूलआयोजनामा बेनीको खुल्ला मञ्चमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश दिनसम्म सञ्चालन हुनेछ ।

महोत्सव उद्घाटनको अवसरमा बेनी बजारमा विभिन्न जातजाती, समुदाय र सङ्घ संस्थाले झाँकीसहितको ¥याली निकालेका छन् । स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापारिक ज्ञान सीप, पुँजी र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव अमित बानियाँले बताउनुभयो ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सिर्जना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सवको अवसरमा पालिकास्तरीय महिला÷पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बाँस्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

स्थानीय उत्पादन र राष्ट्रिय आन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारबाट गीत तथा नृत्य प्रस्तुति, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् । हेलिकोप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् ।

महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब रु. दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव स्थलमा २६० वटा स्टल छन् । कृषि ज्ञान केन्द्रले कृषि मेला प्रर्दशनीको आयोजना गरेको छ । माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर