काठमाडौँ २१ असार । राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरुद्ध लागि परेका विपक्षी दलहरुलाई बाँदरका संज्ञा दिएका छन् । आज राष्ट्रि य सभाको बैठकमा सदस्य ओलीले विपक्षी दललाई बाँदरको संज्ञा दिँदै बैठकमा कविता बाचन गरेकी छन् ।
बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन भन्दै कविता वाचन गरेकी ओलीले न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने ? न अरूलाई गर्न दिने न आफूले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको सम्मृद्धि कसरी हुन्छ ?, भन्दै बैठकमा प्रश्न गरेकी छन् ।
उनको कविता :
बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
ईर्ष्याको भट्टीमा आफैँलाई भुटेका छन्,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेवारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।
आखिर बाँदर न हुन् ,
भोलिको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।
बाँदरहरू खेती गर्देनन्, बाली विनाश गर्छन् ।
कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोईलानहरूसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरू
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।