संसद विघटन सम्बन्धि मुद्धाको अन्तिम फैसला असार २८ गते — OSNepal

संसद विघटन सम्बन्धि मुद्धाको अन्तिम फैसला असार २८ गते

LC (KTM) July 05, 2021 0

काठमाडौं २१ असार । संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको बहस आज सोमबार सम्पन्न भएको छ ।

संवैधानिक इजलासमा जारी मुद्धाको सुनुवाई आज अदालतका सहयोगी एमीकस क्युरीले आफ्नो राय दिएसँगै सम्पन्न भएको हो । अब अदालतको अन्तिम फैसला भने असार २८ गते हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले फैसला असार २८ गते हुने जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर