पौडी खेलाडी शाह र कार्की टोकियो ओलम्पिकका लागि जापान प्रस्थान — OSNepal

पौडी खेलाडी शाह र कार्की टोकियो ओलम्पिकका लागि जापान प्रस्थान

LC (KTM) July 05, 2021 0

काठमाडौँ, २१ असार- पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गर्नुभएको छ । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लाग्नुभएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ ।

सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ । यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर