अधिवक्ता वैधको प्रश्न: विश्वासको मत गुमाएका प्रधानमन्त्रीलाई त्यसपछि उपधारा ३ अनुसार पदमा पुनः नियुक्त गर्न कसरी मिल्छ ? — OSNepal

अधिवक्ता वैधको प्रश्न: विश्वासको मत गुमाएका प्रधानमन्त्रीलाई त्यसपछि उपधारा ३ अनुसार पदमा पुनः नियुक्त गर्न कसरी मिल्छ ?

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतका सहयोगी एमीकस क्युरीको तर्फबाट बहस शुरु भएको छ ।

वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले शुरु गरेको बहसमा विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनाउनु संविधानसम्मत नभएको बताएका छन् ।

ओलीलाई प्रधानमन्त्रीमा पुन नियुक्त गर्ने संविधानमा कुनै आधार नै नभएको बताएका अधिवक्ता वैद्यले भने,‘विश्वासको मत गुमाएका प्रधानमन्त्रीलाई त्यसपछि उपधारा ३ अनुसार पदमा पुनः नियुक्त गर्न कसरी मिल्छ ?, नियुक्ति गर्न मिल्ने कुनै कारण हुनु पर्यो नि, संविधानको कुनै धारा वा उपधारामा त्यसको गुञ्जाइस छ ? त्यसैले उक्त नियुक्ति नै गैर संवैधानिक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर