काठमाडौँ २१ असार । संसद विघटनको विरोधमा पाँच विद्यार्थी संगठनले संविधानको पुस्तिका देखाएर प्रर्दशन गरेका छन् ।
आज सोमबार काठमाडौँस्थित माइतीघर मण्डलामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली विरुद्ध संविधान विपरित संसद विघटन गरेको भन्दै संविधान प्रदर्शन गरेका हुन् ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै आन्दोलित पाँच विद्यार्थी संगठनले आज सोमबारसमेत विरोध प्रर्दशन गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल ९छैटौं०ले संयुक्त रुपमा सरकार विरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको छ ।