युरोकप – २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने आठ जना नगद सहित पक्राउ — OSNepal

युरोकप – २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने आठ जना नगद सहित पक्राउ

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । युरोकप र अमेरिकामा संचालन भईरहेको युरोकप (२०२०) र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन सट्टाबाजी गर्ने ३ भारतीय सहित ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको सुकेधारा बस्ने ५६ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, पर्साको विरगंज घरभई हाल काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवनको खैरहनी घर भई हाल काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्द प्रसाद आचार्य र मोरङको विराटनगर घर भई हाल काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

त्यस्तै, प्रहरीले छिमेकी राष्ट्र भारतको बिहार पुर्बिचम्पारणस्थित रक्सौल घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता, भारतको हरियाना विवरनीस्थित घर भई हाल काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल र भारतको राजस्थान झुनझुनस्थित सुरजगढ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाललाई समेत पक्राउ गरेको महानगरीय अपराध महाशखाले जनाएको छ ।

पक्राउ परेकाहरुसँग सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित निज व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको छ ।

गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाटउनिहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर