बलिउडमा कैयौ कोरियोग्राफरले आफ्नो लक्ष्य हाँसिल गरेका छन् त्यसमध्ये एक हुन् गीता कपुर अर्थात गीता मा । गीता कोरीयोग्राफर हुनुका साथै रियालीटि शोको जर्ज समेत रेहकी छिन् । उनले डान्स ईण्डिया डान्स, सुपर डान्सर, ईण्डियाको मस्त कलंदर तथा ईण्डियाज बेष्ट डान्सर जस्ता रियालीटी शो को जर्ज गरिसकेकी छिन् ।
उनले १५ बर्षको उमेर देखी आफ्नो डान्सिङ करियर सुरु गरेकी हुन् । उनले तुझे याद ना मेरी आई , गोरी गोरी जस्ता गितमा बैकग्राउण्ड डान्सरको भुमीका निर्बाह गरेकी थिईन् । उनले त्यतिबेला फराह खानको डान्स ग्रुप जोइन गरेकी थिईन् । त्यसपछि उनले फराह खानको असिस्टको रुपमा काम गर्न थालिन् ।
फराहको कुछ कुछ होता हे , दिल तो पागल है , कभी खुशी कभी गम, मोहब्बते, कल होना हो , मै हुना तथा ओम शान्ति ओम जस्ता फिल्ममा असिस्टको रुपमा काम गरिन् । यसपछि गिता आफै कोरीयोग्राफर बनेकी थिईन् । त्यसपछि उनले फिजा, अशोका, साथिया, हे बेबी, अलादिन, तीस मार खां को चर्चित गित शीलाकी जवानी को समेत कोरीयोग्राफी गरिन् ।
गिता कपुरको ब्यक्तिगत जिवनको कुरा गर्ने हो भने उनी अहिले सम्म अबिबाहित छिन् । केही समय अगाडि गिताको नाम कोरीयोग्राफर राजीव खिँची संग जोडिएको थियो । दुबै जनाको अफेयरको खबर बाहिर आएको थियो तर पछि आफै बिलाएर गयो ।