संसद विघटनको मुद्धाको फैसला हुनु अगावै निर्वाचन आयोगले बनायो चुनावी कार्यतालिका — OSNepal

संसद विघटनको मुद्धाको फैसला हुनु अगावै निर्वाचन आयोगले बनायो चुनावी कार्यतालिका

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ मा दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि निवार्चन आयोगले आज प्रतिनिधीसभा निर्वाचनको चुनावी कार्यतालिका तय गरेको छ ।

आयोगले राजनीतिक दलहरुका लागि दल दर्ता, उम्मेदवारी दर्ता, चुनाव चिन्ह प्रदान गर्ने देखि निर्वाचन केन्द्रका अधिकृत चयन सम्मको कार्यतालिका आयोगले बनाएको छ । आयोगले बनाएको कार्यतालिकामा पहिलो चरणका उम्मेदवारहरुको अन्तिम नामावली असोज २५ गते नै सार्वजनिक गर्ने र उम्मेदवारहरुलाई चुनाव चिन्ह् पनि सोही दिन नै दिने उल्लेख गरिएको छ ।

त्यस्तै गरी , दोस्रो चरणका लागि पनि कात्तिक ७ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाइलाई चुनावचिन्ह दिने पनि कार्यतालिकामा उल्लेख गरिएको छ । तथापी संसद विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्धाको फैसला भने अझै भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर