शिक्षामन्त्री श्रेष्ठ विरुद्धको मुद्धाको सुनुवाई न्यायाधीश सुवेदीको इजलासमा — OSNepal

शिक्षामन्त्री श्रेष्ठ विरुद्धको मुद्धाको सुनुवाई न्यायाधीश सुवेदीको इजलासमा

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । सच्चारकर्मी रूपा सुनारले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

जातिय विभेद गरेको भन्दै सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेकी हुन् ।

रुपाले सर्वोच्चमा दायर गरेको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गरेकी छिन् ।

रिटमा मन्त्री श्रेष्ठलाई तत्काल पदबाट हटाई कारवाही अगाडी बढाइयोस् भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर