काठमाडौँ । वसन्त भट्ट, मिना ढकाल, विकाश लामिछाने तथा सिम्रन खड्काको अभिनय रहेको सर्ट फिल्म ‘चौतारी’युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
सामाजिक तथा पारिवारिक मुद्दालाई मिहिन ढङ्गले पर्दामा उतार्न सिपालु निर्देशक नवल नेपालद्वारा निर्देशित सर्ट फिल्म ‘चौतारी’ ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
दुई पुस्ताबीचको अपेक्षा तथा आँखाले देखेका सबै कुरा सत्य हुँदैनन् भन्न खोजिएको निर्माण यूनिटले जनाएको छ । १६ मिनेट अवधिको उक्त सर्ट फिल्म हरि ढकाल र गीता ढकालले निर्माण गरेका हुन भने मदन काश्यपले खिचेका छन् ।