बलिउड अभिनेता रणबीर कपुरसंग उनकी आमा नीतु कपुरले एक अपिल गरेकी छिन् । नीतु कपुरको यो भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाईरल भएको छ ।
युवापीढी लाई आफ्नो प्यारेन्ट्सलाई सधै बातचित गर्न र उनीहरुलाई कल गर्नका लागि नीतुले आफ्नो छोरा रणबीरलाई आग्रह गरेकी छिन् । नीतुले आफ्नो छोरा रणबीर कपुरलाई पनि आफुलाई सधै फोन गर्न आग्रह गरेकी छिन् । नीतुले आफ्नो छोरा रणबीरलाई ब्यंग गर्दै यस्तो बताएकी हुन् ।
भिडीयोमा नीतु कपुरले भनेकी छिन्– छोरा, लकडाउन सकिए पछि के तिमी सबै योङस्टारहरु संग यो म्यासेज दिन सक्छौ कि उनीहरु आफ्नो प्यारेन्ट्सलाई दिनै फोन गर भन्न सक्छौ ।
सामाजिक सञ्जालमा ब्यस्त भईरहदा आफ्नो परिवारको लागि भनेर २ मिनेटको समय निकाल्न त सकिन्छ नि हैन ? नीतुले भिडीयो शेयर गर्दै लेखेकी छिन्– मलाई पुरा बिश्वास छ कि मेरो छोराले यो राम्रो म्यासेज राम्रो तरिकाले पु¥याउनेछ । अनि मलाई पनि फोन गर्नेछ ।