अदालतको फैसला नआउँदा सम्म हस्ताक्षर फिर्ता लिने र दिने कुराले कुनै अर्थ राख्दैन : रावल — OSNepal

अदालतको फैसला नआउँदा सम्म हस्ताक्षर फिर्ता लिने र दिने कुराले कुनै अर्थ राख्दैन : रावल

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । नेकपा एमालेले माधव नेपाल समुहलाई हस्ताक्षर फिर्ता गर्न दिएको समय आज साँझ सकिँदै छ । पार्टी एकताको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भीमरावलसँग भेटवार्ता गरेका छन् । हिजो आइतबार प्रधानमन्त्रीको निवास बालुवाटारमा रावललाई बोलाएर भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा ओलीलाई रावलले आफु पार्टी एकताको पक्षमा भएकाले यस अघि बनाइएको कार्यदललाई सक्रिय बनाउन प्रस्ताव राखेका थिए । ओलीले यस विषयमा सहमत जनाउँदै कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । तर यस विषयमा भने रावलले संसद विघटन गरेकाले यो स्थिति आएको हो ।

अदालतको फैसला नआउँदा सम्म हस्ताक्षर फिर्ता लिने र दिने कुराले कुनै अर्थ नलाग्ने भन्दै ओलीलाई भने, ‘संविधान पद्धतिका लागि देउवाको पक्षमा हस्ताक्षर गरेका हौँ ।’ भेटका क्रममा रावलले पार्टी जेठ २ को अवस्थामा नगई एकतामा भाँजो हाल्न पूर्व माओवादीलाई कमिटीमा राख्ने काम भएका बताएका थिए ।

नेता रावल र ओली बच हिजो राति नौ बजे बालुवाटारमा भेटवार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर