टेलिभिजनका हिरो रबिले ‘जीवनभरी टिभीमा अनुहार नै देखाउँदिन’ भनेपछि — OSNepal

टेलिभिजनका हिरो रबिले ‘जीवनभरी टिभीमा अनुहार नै देखाउँदिन’ भनेपछि

LC (KTM) July 05, 2021 0

सँचारकर्मी रबि लामिछानेले आफ्ना बिरोधीहरुलाई जवाफ दिएका छन् । उनले भनेका छन् -म र मेरो टिमले यी कामहरु कसैले कर लगाएर गरेका होइनौं, आफ्नै रहर र ईच्छाले गरेका हौं। यसमा शंका गर्ने, प्रश्न गर्ने मात्र होइन पत्यार लागे/ नलागे साफ गाली गर्न समेत पाइन्छ। बिरोधको आवाज सुन्न नसक्ने मान्छे म होइन। अझै भन्नु पर्दा,जीवनमा प्रगति गर्न उल्लेख्य मात्रामा टप क्वालिटीका बिरोधिहरुको आवश्यकता पर्दछ तर ताइ न तुइका बिरोध र आलोचनाको पनि जवाफ दिन चाहिँ झ्याउ लाग्छ, टाइम पनि हुदैन। मैले आजसम्म सामाजिक संजालमा कसैलाई ब्लक गरेको पनि छैन। तल्लो भन्दा तल्लो स्तरको गाली गलौज गर्नेहरु लाई पनि ब्लक गरेको छैन अझ यसो भनौं, अन्य अफेन्सिभ सामग्री राख्नेहरु बाहेक मलाई गाली गरेका कारण कसैलाई ब्लक गरेको छैन,गर्दीन पनि

आफुले गरेको कामको सकेसम्म कम प्रचार गर्ने मेरो उद्देश्य रहन्छ। देशमा जुनसुकै विपत्ति आइपरेपनि सकेसम्म सबै भन्दा पहिला पुग्ने प्रयास गर्छु। हल्ला नगर्ने बिचार थियो तर बेकामे हल्लाले ज्यादै डिस्टर्व गरेकाले हाम्रो टिम प्रत्येक दिन कहाँ कहाँ सक्रिय छ भन्ने हल्का जानकारी दिन केही तस्वीरहरु तल सार्वजनिक गरेको छु। सहयोग माग्दै निरन्तर आउने कलहरुलाई इग्नोर गर्न सकिदैन, त्यसैले प्रत्येक दिन जागीर गुमेका,भाडा तिर्न नसकेका,भोका पेटहरुको सेवामा हाम्रा साथीहरू लागिपरेका छन्। निरन्तर हाम्रो समन्वयमा सहयोग प्राप्त गरेका आम सर्वसाधारणको इन्टर्भ्यु मात्र राख्ने हो भने धेरै च्यानललाई २/४ वर्षलाई नै पुग्ने कन्टेन्ट बन्छन् । हामीले त्यस्तो प्रचार चाहेनौं, चाहन्नौं। खैर,कोइ बात छैन। तपाईं २/४ मान्छे र कमजोरी खोज्दै गाली गर्नुस् हामी हजारौंको सेवा गरेर आफ्नो शिर माथि आशीर्वाद थाप्छौं।को कहाँ पुग्दो रैछ,कुनै दिन कुनै मोडमा भेटिए समिक्षा गरौला। यस बाहेक पछि लाग्ने हरेक ड्ट कम हरुको जवाफ दिन म भ्याउदिन। बरु बेस्कन गाली खान्छु। रबिले अरु के भने ? भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर