काठमाडौँ । मोडल तथा टिकटकर गरिमा शर्मा अहिले नायिका बन्ने चक्करमा छिन् । फिल्म ‘लण्डन टू पेरिस’बाट डेब्यू गरेकी यी सुन्दरीले उक्त फिल्ममा सहनायिकाको भूमिकामा काम गरिन् ।
‘लण्डन टू पेरिस’ मा मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । उक्त फिल्म प्रदृशन हुन बाँकी नै रहेका बेला यी सुन्दरीले नायिका निता ढुंगाना दम्पत्तिले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएकी छिन् ।
फिल्ममा नीता ढुंगाना, विपना थापा जस्ता नायिकाहरुको लाम रहँदा यो नयाँ फिल्ममा पनि गरिमाले सह९नायिकामा नै चित्त वुझाउनु पर्ने देखिन्छ । टिकटकबाट उदाएर म्यूजिक भिडियो हुँदै फिल्म क्षेत्रमा लम्किदै गरेकी गरिमा नायिकाको रुपमा जमेर स्टार हुने सपना पालेकी कलाकार हुन् ।
तर यो फिल्ममा कलाकारको भीडमा प्रवेश गरेकी उनले नीता ढुंगाना, विपना थापा जस्ता नायिकाहरुका अगाडी राम्रो स्पेश पाउने अवस्था बन्ला नबन्ला त्यो यसै भन्न सकिन्न । तर, गरिमाले कहिलेसम्म सह–नायिकाको रुपमा फिल्ममा काम गर्नुपर्ने हो त्यो भने गरिमाको निर्णय र समयले देखाउला ।