मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेता महेश बाबुले एक चलचित्रका लागि ५५ करोड भारू पारिश्रमिक लिने भएका छन् । निर्देशक त्रिविक्रम निवासको उक्त चलचित्रका लागि उनले महँगो पारिश्रमिकको लिएको समाचार भारतीय सञ्चार माध्यममा आएको छ । अभिनेता महेश बाबुले निर्देशक त्रिविक्रमको आगामी चलचित्रका लागि उक्त पारिश्रमिक लिने भएका हुन् ।
हाल ‘सरकारु वारी पाटा’ मा व्यस्त महेशको निर्देशक त्रिविक्रम निवासबीच ‘अथडु’ र ‘खलीजा’ पछिको यो तेस्रो सहकार्य हो । गत मे महिनामै घोषणा गरिएको यो तेस्रो चलचित्र छिट्टै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरुले ११ वर्षपछि फेरि एक पटक सँगै काम गर्न लागेको हुन् । उनीहरुले काम गर्ने उक्त चलचित्रको नाम ‘पार्थु’ राखिए पनि यसको आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको जनाइएको छ ।
तेलुगू चलचित्र उद्योगका सुपरस्टार महेश बाबु सबैभन्दा धेरै कमाउने अभिनेतामा पर्दछन् । उनले निर्देशक श्रीविक्रमको आगामी चलचित्रका लागि पाउन लागेको रकम चलनचल्तीको पारिश्रमिकभन्दा अधिक हो । एस राधाकृष्णद्वारा हारिका र हस्सिन क्रिएसन्सको ब्यानरमा बन्न लागेको उक्त चलचित्रमा अभिनेता महेशसँग अभिनेत्री पूजा हेगडेको समेत मुख्य भूमिका रहेन निर्माण पक्षले उल्लेख गरेको छ ।सौर्य दैनिकमा खबर छ । अहिले महेश परशुरामद्वारा निर्देशित ‘सरकारु वारी पाटा’ एक्सन थ्रिलर चलचित्र हो । यसमा अभिनेत्री कीर्ति सुरेश र भेन्नेले किशोर, सुब्बराज लगायतका कलाकारको प्रमुख भूमिका रहने जनाइएको छ ।