काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे माग्ने, जितु नेपाल, सिताराम कट्टेल धुर्मुस कुनै समय एउटै फिल्म ‘६ एकान ६’मा एकसाथ काम गरेको टिम हो । यो टिमले छक्का पञ्जासम्म आइपुग्दा एकजना माग्ने बुढा बाहेक अरु सदस्यहरुलाई टिमबाट बिदा गरिसकेको छ ।
‘छक्का पञ्जा’को तीन सिरिज र फिल्म ‘६ माया छपक्कै’पछि जितुसँगको सहकार्यमा दीपक दीपाले नमिठोगरी ब्रेक लगाइदिएपछि अहिले जितु डाक्टर भोला रिजालका छोरा डाक्टर कपिल रिजालले निर्देशन गरकेो फिल्म ह्यारीकी प्यारीमा मुख्य भूमिकामा देखा परेका छन् । जुन फिल्म माघको २० गते सार्वजनिक प्रर्दशनमा आउने तयारीमा छ ।
दीपक९दीपाको समुहले जीतुलाई साइड लगाएपछि जितु डिप्रेसनमा पुगेको हल्ला चलेको थियो । यस विषयमा उनलाई सोध्दा जितुले ‘दीपकराज दाई, केदार दाई, दीपाश्री दिदीसँग कुरा नगरी मेरो दिन नै सुरु हुँदैन थियो ।
हामी त श्रीमान्-श्रीमती जस्तै भैसकेका रहेछौं । छुट्टिँदा नमज्जा चाहिँ लागेको थियो,’ भनेका छन् । जब जितुले महानायक विबादका कारण दीपालाई आफ्नो बोलबाला रहेको मुन्द्रेको कमेडी क्लबबाट बिदा गरेर करिश्मालाई ल्याएसँगै दीपकको समुहले बदला लिँदै आफ्ना फिल्मबाट किक आउट गरेको कुरा बुझ्न सक्ने दर्शक सबैले अनुमान लगाउन सक्छन् ।
जुन कुरालार्य घुमाउरो शैलीमा उक्त समुह र जीतुले पनि स्विकार्दै आएकै कुरा हो । तर उनीहरुबिच अहिले आएर फेरी सम्बन्ध सुधारको क्रममा रहेको बताइन्छ ।जुन दृश्य भने नेपाली राजनीतिको जस्तो रमाइलो देखिएको छ ।
त्यसैले त भन्ने गरिएको होला नेपाली राजनीति र नेपाली फिल्ममा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने आहान । कुममा कुम जोडेर हिँडेकाहरु कतिबेला शत्रु बन्न पुग्छन् र शत्रुता पालेर बसेकाहरु कतिबेला कुममा कुम जोड्न पुग्छन्, अत्तोपत्तो हुँदैन । यसको उदाहरण ‘छक्का पञ्जा’ टिमभन्दा गतिलो अरु के हुनसक्छ होला र ?