काठमाडौँमा एक साताका लागि थपिएको निषेधाज्ञामा के गर्न पाइने ? के गर्न नपाइने ? पढ्नुहोस् पूरा विबरण — OSNepal

काठमाडौँमा एक साताका लागि थपिएको निषेधाज्ञामा के गर्न पाइने ? के गर्न नपाइने ? पढ्नुहोस् पूरा विबरण

LC (KTM) July 05, 2021 0

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा कायम गरिएको जोरबिजोर प्रणाली हटाइएको छ । कोरोना संक्रमणको दोस्रो चरण सुरुभएपछि १६ वैशाखबाट काठमाडौं उपत्यकाकामा जारी गरिएको निषेधाज्ञालाई एक साता थप गर्दै दुई साताअघि निजी र एक साताअघि सार्वजनिक सवारीमा लगाइएको निषेधाज्ञा भने हटाइएको हो ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गर्दै जोरबिजोर प्रणाली भने हटाएको हो । काठमाडौं, भक्तपुर र ललितपुरमा ७ असारदेखि निजी र १५ असारबाट सार्वजनिक सवारीमा जोरबिजोर लागू गरिएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप गरिएको तर निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने हटाइएको जानकारी दिए । तर, ती सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न पाइनेछ । यो नियम २२ असारबाट लागू हुनेछ । यो निर्णयसँगै माइक्रोबस र टेम्पो पनि चल्न पाउनेछन् ।राजधानि दैनिकमा खबर छ ।

यसैगरी सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने ढोकामा सेनिटाइजर राख्नुपर्ने छ । यस्तै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ भने चालक र सहचाकलले मास्कसहित भाइजर र पन्जा पनि लगाउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी आदेशमा उल्लेख छ ।

यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा सिटमा चार चार जना र चालक छेउमा एक जना यात्रु राख्न पाइनेछ । तर, सवारी साधनले दुईतर्फ सिटको बीच भागमा प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ ।

पसल व्यवसाय ६ बजेसम्म : यसैगरी उपत्यकामा सबै किसिमका पसल व्यवसाय साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसअघि ११ बजेबाट पसल व्यवसाय सञ्चालन गर्नेगरी समय तोकिएको थियो । अब व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डको पालनामा भने ध्यान दिनुपर्ने छ ।

केही क्षेत्रमा निषेध कायमै : जिल्ला प्रसासन कार्यालय काठमाडौंका अनुसार अझै पनि खुला स्थानमा भेला हुन, सभा सम्मेलन, जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न निषेध गरिएको छ ।

यसैगरी विवाह ब्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्य होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन । नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालनमा लगाइएको रोक कायमै छ ।

स्थानीय ढुवानी बिहान ९ देखि ११ तथा अपराह्न ४ देखि ७ बजेसम्म गर्नसमेत स्थानीय प्रशासनले रोक लगाएको छ । यस्तै होटल रेस्टुरेन्ट भने साँझ ७ बजेसम्म टेक अवे अथवा होम डेलिभरी सेवा दिनेगरी सञ्चालन गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर