आज सेयर बजारमा हरियाली, ६४ अङ्कले बढ्यो — OSNepal

आज सेयर बजारमा हरियाली, ६४ अङ्कले बढ्यो

LC (KTM) January 04, 2023 0

काठमाण्डौ – हिजो मङ्गलवार सामान्य घटेको शेयर आज बुधवार उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ८७ अङ्कले बढेर दुई हजार एक सय २५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

शेयर बजारमा आज उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अङ्कले बढेको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ११ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अरू २१ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।उच्च अंकले बढेको बजारमा समेत नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए ।

सनराइज ब्लूचिप फण्ड १।७४ प्रतिशतले घट्यो । स दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर