एजेन्सी । अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान फेरी प्रेम सम्बन्धमा रहेको चर्चा हुन थालेको छ । केही समय पहिले ब्रेकअप भएका उनीहरुको फेरी प्याचप भएको चर्चा हो ।
फिल्म लभ आजकल २ फिल्मको छायांकन क्रममा प्रेम सम्बन्ध गाँसिएका उनीहरुको केही समयपछि ब्रेकअप भएको खबर पनि सार्वजनिक भएको थियो ।
यी दुई नया वर्ष मनाउन बाहिर पनि एकसाथ गएको भारतिय मिडियाले उल्लेख गरेका छन् । साराले सामाजिक सञ्जालमा आफ्नो भाइ इब्राहिम अली खान र साथीसँग तस्बिर सेयर गरिरहेकी छन् भने कार्तिकले पनि सोही स्थानमा घुमिरहेको तस्विर एउटै समयमा सार्वजनिक गरेपछि उनीहरु पुनं प्रेममा रहेको खबर बाहिर आएको हो ।
सारा र कार्तिकले एकै समयमा एकपछि अर्को तस्बिर पोस्ट गरेका थिए । जसमा रंगीन पृष्ठभूमि देखिएको छ । यहि कारण पनि उनीहरू फेरि प्रेम सम्बन्ध भएको खुलासा भारतीय सञ्चार माध्यमहरूले गरेका हुन् ।