राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन, हिउँद वर्षा सधैँ पहिरो — OSNepal

राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन, हिउँद वर्षा सधैँ पहिरो

LC (KTM) July 05, 2021 0

काभ्रे । राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन गरेको क्रसरमा गएको पहिरोले जोखिम निम्तिएको छ । क्रसरले रोशी खोला रोकेर डस्ट राखेर संकट निम्त्याईरहेको बेला वर्षातमा गएको पहिरोले राजमार्ग र राजमार्गमा यात्रा गर्ने यात्रु थप जोखिममा छन् । नाङशाल ढुंगा रोडा उद्योग प्रालीले विपी राजमार्गको खार्पाचोक सडक खण्डमा थुपारेको डस्टले रोशी खोलाको जोखिमसँगै असार १७ गते देखि परेको अविरल वर्षातका कारण गएको पहिरोले अरु जोखिम निम्त्याएको छ ।यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

अख्तियार तथा अन्य निकायले पटक पटक अनुगमन गरे पनि उक्त क्रसरले पु¥याएको क्षति न्यूनिकरण गर्न क्रसरलाई सचेत समेत गराएका छैनन । निरन्तर झण्डै एक दशक देखि क्रसरले राजमार्गमा क्षति पु(याउँदै आएको छ । ‘पहुँच र शक्तिका आडमा क्रसरको दादागिरीले सर्वसाधारण जोखिममा छन्’–स्थनीय खड्गबहादुर लामाले भन्नुभयो–‘क्रसरका कारण बस्ति, सडक र राजमार्गमा यात्रा गर्ने यात्रुहरु जोखिममा परेका छन् ।’

सर्वसाधारणहरुले विरोध गर्न नसक्ने गरी क्रसर संचालकहरुले धम्कि दिने गरेको स्थानीयहरुले बताएका छन् । साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा।लि को क्रसरमा गएको पहिरोका कारण बस्ति पनि जोखिममा परेको छ । रोशी खोलाको दुबैतिर थुपारिएको डस्टले खोला छेकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर