कोरोनाको कारण लकडाउन भए संगै हरेक क्षेत्रमा नोक्सान मात्र भएको छ । बिद्यालय नखुल्दा अनलाईन क्लासको सहारा लिनुपरेको छ । यस्तो बेला सर्वसाधारण मात्र हैन कैयो सेलीब्रेटीहरु समेत आफ्ना छोरा छोरीको पढाईको बिषयलाई लिएर एकदमै चिन्तीत देखिएका छन् ।
त्यस्तै बलिउडकी हट एण्ड बोल्ड नायिका मलाईका अरोडाले पनि आफ्नो छोराको पढाईका बिषयमा एक अन्र्तबार्तामा चिन्ता ब्यक्त गरेकी छिन् । मलाईकाको छोरा अरहानले आफ्नो स्कुल लेभलको पढाई पुरा गरेका थिए ।
उनी उच्च शिक्षाको तयारीमा रहेका थिए । यस्तो बेला आफ्नो छोरालाई बाहिर पठाउन मलाईका लाई उचित लागेन । यस्तो बेला ग्याप ईयर तथा अरहानको पढाई ब्रेक भएको समयलाई बेकार जान नदिएको मलाईकाले बताएकी छिन् ।
उनले भनिन्– म क्लियर थिए कि उनी आफ्नो समयको भरपुर उपयोग गरुन् । मैले उनलाई अलग अलग चिजमा ब्यस्त रहनका लागि भनेको छु , केही नयाँ सिकाई होस् र आफ्नो समयको बर्बाद हुन नदिन भनेको थिए ।मलाईकाले बताए अनुसार उनको छोरा अरहानले लक डाउनको बेला आफ्नो घरमा धेरै राम्रो समय बिताएको छ ।
छोराले बिस्तारै बिस्तारै ग्याप ईयरको सदुपयोग गर्न सिकेको उनको दाबी छ । मलाईकाका अनुसार अहिले अरहान अनलाईन कोर्समा जोडिएको छ , शारिरीक रुपमा फिट रहनका लागि समेत उसले समय निकालिरहेको छ, अहिले फिटनेशका लागि सही मात्रामा खाने गरेको तथा एकदमै अनुशासित रहेको समेत उनले बताएकी छिन् ।
अरहानले डेलि रुटिंग अनुसार आफ्नो वर्कआउट गरिरहेको र सबै बच्चाहरुले यो महामारीको समयमा यसरी नै ग्याप ईयरको सदुपयोग गर्न सक्ने मलाईकाले बताएकी छिन् । उनले आफुले पनि आफ्नो बच्चा संग क्वालिटी टाईम स्पेण्ड गरिरहेको बताएकी छिन् । यो क्षण जिन्दगीभर यादगार रहने उनको ठम्याई रहेको छ ।