लोगो बनाउने प्रतियोगीतमा सहभागी बन्नुहोस् पचास हजार जित्नुहोस् — OSNepal

लोगो बनाउने प्रतियोगीतमा सहभागी बन्नुहोस् पचास हजार जित्नुहोस्

LC (KTM) July 04, 2021 0

काठमाडौँ । अन्तर्राष्ट्रीय नेपाली यूबा उधमी संघले लोगो बनाउन सिपालु ब्यक्तिलाई पचास हजार नगद प्रदान गर्ने भएको छ । विशवभर रहेका सबैले प्रतिस्पर्धा गरेर आफ्नो कला देखाउन सक्नेलाई पुरस्कृत गरिने संघले जनाएको छ ।

अन्तर्राष्ट्रीय नेपाली यूबा उधमी संघले आह्वान ( Federation of International Nepalese youth entrepreneurs ले संघको आधिकारीक लोगो सिर्जना गर्न सर्जकहरू समक्ष आह्वान गरेको छ । संघले लोगोले बिश्वभरीका नेपाली यूबा उधमीहरूलाई समेट्ने खालको हुनु पर्ने जानकारी दिएको छ ।

लोगोमा सबै महादेशको प्रतिनिधित्व हुनु पर्ने र लोगोमा प्रयोग हुने कलरमा यूबा उधमशीलता र नेपालको प्रतिनिधित्व हुनु पर्ने छ । तपाईहरू आफूले बनाएको लोगो [email protected] इमेलमा पठाउंनु पर्ने छ भने बिजेताको घोषणा जुलाई १५ मा गरिने जानकारी दिइएको छ ।

यसरी प्राप्त लोगोहरू मध्ये उत्कृष्ट लोगोले सम्मान र पुरस्कार सहित पचास हज़ार नेपाली रूपैंया प्राप्त गर्ने छन । बिभिन्न मूलुकमा रहेका प्रबासी नेपाली यूबाहरूको उधमशीलताप्रतिको यो लगाबको यतिबेला सांच्चै प्रशंसा हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर