काठमाडौं । हेमराज बीसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’को अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहँदा यसको प्रर्दशन मिति पनि चर्चामा छ । अर्थात फागनु १९ फिल्म चल्नु अपभि नै हिट भइसक्यो । कारण हो यही मितिमा दीपक दीपाको ‘छक्का पञ्जा ४’सँग अनमोल केसीको छड्के २ जुध्नु ।
‘छक्का पञ्जा ४’ र ‘छड्के २’ एकै मितिमा आउने भएपछि दीपकले प्रतिक्रिया दिँदै भनेका छन् ‘पहिला मेरो पनि केटाकेटी बुद्धि थियो । व्यापार र केके भनेर चिन्ता गरिबस्थेँ तर अब यसपटक म टसमस हुँदिन, ‘छक्का पञ्जा ४’ निर्धारित मितिमा नै आउँछ । यही साता फिल्मको छायांकन सकिएपछि प्रचार प्रसारमा निस्किने तयारीमा रहेका ‘छक्का पञ्जा ४’का निर्माता तथा कलाकार गिरीले भने पहिले व्यापारिक स्वार्थको ख्याल गरेर प्रदर्शन मिति दायाँबायाँ गरेकोमा धेरैले यसलाई कमजोरीको रुपमा लिए ।
अब म दायाँ कसैको कुरै सुन्दिन फिल्म फागनु १९ मा प्रर्दशनमा आउँछ । यसअघि ‘छक्का पञ्जा ३’ रिलिजको समयमा अशोक शर्मा र दीपकराज गिरीको फिल्म जुधेपछि दीपकले निर्धारित समयबाट फिल्म सारेर अशोकलाई बाटो खाली गरिदिएका छन् । अशोक शर्माले आफूले निर्माण तथा निर्देशन गरेको फिल्म ‘जय भोले’ रिलिजका लागि फूलपाती नछाडेपछि दीपकराज गिरीले घटस्थापनामा फिल्म रिलिज गरेका थिए ।
‘छक्का पञ्जा २’ रिलिजको दिनमै रोज राणाले निर्माण तथा निर्देशन गरेको फिल्म ‘मेरो पैसा खोई’ आउने भएपछि दीपकराज गिरीले रोज राणालाई रातारात पैसा दिएर काठमाडौँबाहिर एक हप्तापछि रिलिज सार्न लगाएको चर्चा थियो ।
‘छक्का पञ्जा २’ २०७४ सालको असोज ११ मा रिलिज भएको थियो भने ‘मेरो पैसा खोई’ काठमाडौँमा सोही मितिमा र बाहिर २० गते रिलिज भएका नजिरहरुलाई हेर्दै यस पटक दीपक टसमस नहुने बताइरहँदा नायक अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ निर्माण यूनिटले ‘छक्का पन्जा’ मात्र सोलो रिलिज गर्न खोजेको देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको राजनीतिलाई यसको निर्माणपक्षले वेवास्ता गरिदिएको छ ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म ‘छड्के २’को मेकरले आफ्नो फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ पोष्टरमा प्रदर्शन मिति फागुण १९ मै राखिएको छ । फिल्मको नयाँ पोष्टरमा नायक अनमोल केसीसहित अन्य केही कलाकारको भिन्न गेटअप समावेश गरिएको छ । जसले फिल्मप्रति दर्शकको उत्सुकता अझै बढाउने निश्चित छ ।
प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानीमा बनेको यो फिल्ममा अनमोल केसीलाई ग्याङस्टारको अवतारमा देखाइएको छ ।