काठमाडौं । ६ वर्षको उमेरमा कपडा र गहनाको व्यवसाय सुरु गरेकी इसाबेला ब्यारेट सानै उमेरमा अर्बपती बन्न पुगिन् । हाल १५ वर्षीया किशोरीले मासिक रुपमा डेढ करोड रुपैयाँ कमाउँछिन् ।
लोकप्रिय अमेरिकी ‘टीएलसी शो’मा देखा परेपछि चम्किएको उनको भाग्य अहिलेसम्म पनि चम्किएकै छ । आफूलाई हन्ना मोन्टानासँग तुलना गर्ने यी सुन्दरीले जीवनमा यति धेरै सफलता हासिल उनका सबै रहरहरु पूरा भए ।
तर अहिले उनी शिक्षिका बन्न चाहन्छिन्। इसाबेलाले आफ्नो सौन्दर्य प्रतियोगिता करियरमा ५५ ताज र ८५ उपाधि जितिसकेकी छिन् । धेरै ब्रान्डका लागि मोडलिङ पनि गर्ने यी सुन्दरी अहिले एक सफल उद्यमीका रूपमा गनिन्छिन् ।
अमेजनमा रहेको डकुमेन्ट्री ‘द नेक्स्ट बिग थिङ’मा पनि देखिएकी उनले गरिब र दिनदुखीलाई सहयोग गर्छिन् । आमाले सानै उमेरमा छोरीको मेकअप गरेर काममा पठाएको भन्दै आलोचनाको सामना गरेकी यी अरबपति सुन्दरीका सामाजिक सञ्जालमा १६ लाखभन्दा बढी फलोअर्स छन् ।