टिकटकमा भाईरल हिरो जस्तो ‘भुपु पुलिस’ जिम्बे राईको सबैलाई रुवाउने कथा, श्रीमतीसँग छुटिदा पागल नै भए (भिडियो हेर्नुस) — OSNepal

टिकटकमा भाईरल हिरो जस्तो ‘भुपु पुलिस’ जिम्बे राईको सबैलाई रुवाउने कथा, श्रीमतीसँग छुटिदा पागल नै भए (भिडियो हेर्नुस)

LC (KTM) July 04, 2021 0

टिकटकमा भाईरल छन्, जिम्बे राई । उनी भुपु प्रहरी हुन् । तर उनको बिचमा श्रीमतीसँग बेमेल भयो । उनी मिडियामा आए । आखिर कसरी परिवार टुट्छ त ? बाउछोराबीच वैमनस्य, दाजुभाइबीच पानी बराबरका घटना हाम्रो समाजमा नौलो होइन । विविध कारणले हाम्रो समाजमा पारिवारिक एकता कमजोर हुँदै गइरहेका छन् । जोडिनुको सट्टा भत्किरहेका छन् परिवारहरू । समाजशास्त्री डा. मीना उप्रेती भन्छिन्, ‘पछिल्लो समय धेरैजसो परिवारमा निराशावादी चिन्तन बढेको छ, एकताभन्दा बढी विचलन छ ।’ केही महिनाअघि एउटा अनुसन्धानका क्रममा डा. उप्रेती थुप्रै परिवारकहाँ पुगेकी थिइन् । त्यतिबेला थुप्रै महिलाले परिवारलाई बलियो बनाउन समय र प्रेम महत्त्वपूर्ण रहेको बताएका थिए । ‘धेरै महिलाले मलाई ‘पैसामात्र होइन, समय पनि चाहियो, प्रेम पनि गर्नुप¥यो’ भन्दै गुनासो पोखेका थिए,’ उनले सुनाइन् ।

त्यसो त पछिल्लो समय आर्थिक कारणले परिवारहरू टुक्रिरहेका छन् । अंशबण्डा गरेर छुट्टिरहेका छन् । अन्तरजातीय बिहेलाई स्विकार्न नसक्दा पनि परिवारभित्र विग्रह निम्तिइरहेको छ । समाजशास्त्री उप्रेती भन्छिन्, ‘स–सानो कारणले परिवार टुक्रिरहेको छ । जस्तैः रक्सी खाएको कारण, अर्कोसँग बोलेको कारण, तरकारीमा नुन नहालेको, जागिर छोडेका आदि–इत्यादी ।’ जिम्बेको परिवार कसरी टुट्यो । जीवनमा सानैदेखि दुख गरेका जिम्बे टिकटकमा आफ्ना मनका भावनाहरु भन्दछन् । श्रीमतीसँगको बिछोडपछि पनि उनी अर्को प्रेममा परे र झण्डै पागल जस्तै भए । उनले शिशिर भण्डारीलाई भेटेर आफ्ना सारा दुख सुनाए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर