छुवाछुत गर्नेलाई संरक्षण गरेको भन्दै रूपा सुनारद्वारा मन्त्री श्रेष्ठ विरुद्ध सर्वोच्चमा रिट, श्रेष्ठलाई मन्त्री पदबाट हटाउन माग — OSNepal

छुवाछुत गर्नेलाई संरक्षण गरेको भन्दै रूपा सुनारद्वारा मन्त्री श्रेष्ठ विरुद्ध सर्वोच्चमा रिट, श्रेष्ठलाई मन्त्री पदबाट हटाउन माग

LC (KTM) July 04, 2021 0

काठमाडौं- सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी छन् । उनले जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै आज मुद्दा दर्ता गराएकी हुन् ।

दलित भएकै कारण कोठा भाडामा नदिएको र पक्राउ परेकी घरधनीई सरकारी गाडी लिएर शिक्षा मन्त्री गएको भन्दै सुनुवारले सर्वोच्चमा मुद्दा दर्ता हालेकी हुन् ।छुवाछुत गर्नेलाई संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पदबाट हटाएर जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ऐनअनुसार कारबाही गर्न रिटमार्फत माग गरिएको छ ।

मुद्दामा जातीय भेदभाव तथा छुवाछुत गर्नेहरूलाई कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर