रुषा थापा – एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मजदुर संगठनको कार्यक्रमलाई उद्घाटन गर्दै चुनाव अघि एमालेलाई भोट दिएर सरकारमा पुप्याउनुस्, हामी काम गर्ने मजदुरहरुको तलब ४० हजार पुप्याउँछौँ भनेर भने । ओलीले सरकारी क्षेत्रबाहेक अन्य निजी क्षेत्रमा काम गरी जीविकोपार्जन गर्नेको तलब बढाइदिन्छु भन्दै चुनावअघि ठुल्ठुल्ला भाषण गरे ।सरकारको तथ्यांकअनुसार यस वर्ष महंगी ८ प्रतिशत बढेको छ । संघसंस्था तथा निजी क्षेत्रमा काम गर्ने मजदुरहरुको ६ वर्षदेखि सरकार र काम लगाउने साहुले बढाएको छैन । हप्तैपिछे बजारमा व्यापारीले सामानको मूल्य बढाउँछ, सार्वजनिक सवारी साधनले वर्षमा ३ पटक भाडा बढाउँछ त घरधनीले तीनतीन महिनामा भाडा बढाउँछ ।
सरकारले निर्धारण गरेको मजदुरको तलब १५ हजार ४५० रुपैँया रहेको छ । साथै, बिहान १० देखि बेलुका ५ बजेभन्दा उता कानूनमा काम लगाउन पाइदैँन । सरकारी बिदा भएको दिन निजी क्षेत्रमा काम गर्ने कामदारले पनि छुट्टी पाउनुपर्छ भनेर सरकारले बनाएको कानूनमा उल्लेख छ । साथै, काम लगाउने साहुले मजदुरलाई हातमा पैसा दिन पाइदैँन, उनीहरुलाई पनि बैंकमार्फत नै रकम हालिदिनुपर्छ । यसरी बैंकमार्फत रकम हाल्दा राज्यले पनि राजस्व पाउँछ र मजदुरहरुले पनि सरकारले तोकेबमोजिम तलब पाउँछन् ।
काम लगाउने मानिसले महिना मर्नुअघि बैंकमा तलब हालिदिनुपर्छ, कामबाट निकाल्नुअघि तीन महिनाको तलब दिनुपर्छ र उपचारखर्च र दशैँ पेस्की तलब बराबर नै दिनुपर्छ । आफुखुशी मजदुरलाई कामबाट निकालेमा क्षतिपूर्ति दिनुपर्ने पनि कानूनमा उल्लेख छ । तर पछिल्लो समय निजी क्षेत्रमा काम गर्ने, पसलमा काम गर्ने, घरायसी काम गर्ने, यातायातमा काम गर्नेहरुलाई सरकारले तोकेबमोजिम तलब पनि दिइएको छैन । यातायातमा काम गर्ने सहचालक र चालकहरुको तलब महिनाभरिको २ हजारदेखि ३ हजारसम्म हुन्छ त कतिपय सहचालकलाई तलब नै दिइदैँन ।
त्यस्तै, होटेलमा काम गर्नेहरुले ७ देखि १० हजारसम्ममा महिनाभरि काम गरिरहेका छन् । यता संघसंस्थामा काम गर्नेहरुले महिनाको १० देखि १२ हजारसम्ममा काम गरिरहेका छन् । घरायसी काम गर्नेहरुले महिनाको ३ हजारदेखि ५ हजारसम्ममा काम गरिरहेका छन् । सञ्चार क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुले पनि सरकारले निर्धारण गरेबमोजिम तलब पाएका छैनन् । सरकारले निर्धारण गरेको तलब २१ ह्जार छ भने अहिले सञ्चारकर्मीहरुले महिनाभरि १० देखि १२ हजारसम्ममा काम गरिरहेका छन् ।
यता सञ्चार क्षेत्रमा काम गर्दा तीन महिनासम्म काम सिक्ने बहानामा तलब समेत दिइदैँन । कतिपयले त गाडीभाडा र खाजाखर्च मात्रै दिने गर्छन् भने कतिपयले त्यो पनि दिइदैँनन् । साथै, उनीहरुलाई पनि तोकेको तलब महिना मरेपछि दिइदैँन ।पत्रकार भनेको जनताको आवाज उठाउने र अन्यायमा परेकालाई न्याय दिलाउन कलम चलाउने व्यक्ति हुन् । तर यँहा त पत्रकारहरु नै शोषण भइरहेका छन् । सरकारले तोकेबमोजिम तलब नपाउँदा न उनीहरु बोल्छन् न कलम नै चलाउँछन् ।
राजनैतिक परिवर्तन गर्न नै होस् या देशको विकास गर्न त्यसमा समेत मजदुरहरुले ठूलो योगदान पुप्याएका छन् । तर मजदुरहरुलाई नै जताबाट पनि शोषण गरिन्छ । यता सर्वसाधारण जनताले काम गर्ने ठाउँमा तलब बढाउनुपर्ने माग गरेमा काम नै छोडेर जानुस् भनेर भनिन्छ । यता निजी विद्यालयमा काम गर्ने शिक्षकशिक्षिकहरुको पनि १० देखि १२ हजारसम्म तलब हुन्छ । तर अहिलेसम्म काम लगाउने साहुले कहिल्यै पनि मजदुरलाई बैंकमार्फत तलब दिएका छैनन् । यिनीहरु जेजसरी भएपनि हातमै तलब दिन्छन् ।
यता मानिसहरुलाई काम छोडेर अर्को ठाउँ जाऊ काम पाइदैँन त त्यँही तलबमा काम गरौँ त्यसले कोठा भाडा र दैनिक खर्च धान्दैँन । यसरी घरायसी काम गर्ने, फर्ममा काम गर्ने, निजी क्षेत्रमा काम गर्ने, होटेल तथा पसलमा काम गर्नेहरुलाई साहुले ठग्दा र शोषण गर्दा श्रम विभाग र श्रम मन्त्रालयल कता छ ? पछिल्लो समय कति मजदुर फर्ममा काम गर्छन्, कति घरायसी काम गर्छन्, कति होटेल तथा पसलमा काम गर्छन् भनेर पनि सरकारलाई थाहा छैन ।
फर्म तथा संघसंस्थाहरुले कम्पनी रिनु वा अडियर गर्दा त्यँहा काम गर्ने मजदुरहरुको तलब सरकारले निर्धारण गरेबमोजिम दिएको भनेर त्यँहा मजदुरलाई दरखास्त गर्न लगाउँछ । त्यो दरखास्तकै आधारमा सरकारले त्यो कम्पनी रिनु तथा अडियर गर्ने गर्छ । तर यता तलब दिइन्छ ८ हजार अनि उता आफ्नो कम्पनी रिनु गर्नका लागि तलब १५ हजार ४५० दिइएको भनेर मजदुरलाई दरखास्त गर्न लगाइन्छ । यता मजदुरले त्यो नगरेमा त्यो कम्पनी रिनु हुदैँन र साहुले पनि कामबाट कामबाट निकाल्छ । त्यसैले पनि मजदुरहरु चुपचाप बसेर भएपनि शोषित भएर बसिरहेका छन् । कति साहुहरुले त दिन गन्तीको हिसाबमा तलब दिने गर्छ । भनेको समयमा तलब नपाउने, पाएपनि कम मात्रै पाउने र काममा पनि धेरै खटाउने यी सबै मजदुरहरुको पीडा हुन् । यता मजदुरहरुको काम गर्दा केही कारण दुर्घटना भएमा त्यो साहुले न बिमा नै गरिदिएको हुन्छ त ऊ मरेपछि उसको परिवारले क्षतिपूर्ति नै पाउँछ ।
राजनिति दलहरु भने मजदुरहरुको नाममा संगठन खोल्ने, मजदुरहरुको नारा लगाउने र मजदुरहरुको आवाज उठाएको नाटक गर्ने गरेर आफु सत्तामा पुग्ने र सत्तामा पुगेपछि भ्रष्टाचार गरी आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति कमाउने र सत्तामा नपुगेका मानिसहरु पनि दिउँसो मजदुरको कुरा गर्ने बेलुका उघोगीको घर गएर चन्दा गर्ने गर्छन् ।यता मजदुरको नाममा संगठनले मजदुरकै लागि भनेर लेभी उठाउने र त्यँही लेभीमा संघसंस्थाका नेताहरु भ्रष्टाचार गरी तलबभत्ता खाने । अहिले प्रधानमन्त्रीको रुपमा देशले प्रचण्ड एंव पुष्पकमल दाहाललाई पायो । तर ओलीले मजदुरहरुको तलब बढेन, शेरबहादुर देउवाले शोषण गरे भनेर चुनावअघि ठुल्ठुल्ला भाषण गरे ।
साथै, एमाले सरकारमा पुग्नेबित्तिकै ४० हजार तलब पुप्याउँछौँ भनेर ओलीले वा एमालेकै मजदुर संगठनका नेताहरुले भनेका थिए । अहिले एमाले सरकारमा गयो । के अब मजदुरहरुको तलब ओलीले ४० हजार पुप्याउलान् ? हिजो ओलीले कि त मजदुरहरुको तलब ४० हजार पुप्याउछु भनेर भन्नु हुदैँन थियो होइन भने भनेपछि अब बढाउनुपप्यो ।हिजो शेरबहादुर देउवालाई नङगाउन वा आरोप लगाई मजदुरको भोट लिन ओलीले यो बोलेका थिए कि साच्चिकै मजदुरहरुको हितका लागि बोलेको भनेर अब देखिन्छ । सरकारले वर्षेपिछे जेष्ठ १५ गते बजेट ल्याउँछ र बजेट भाषणमा जहिलेपनि सरकारी कर्मचारीको १५ देखि २० प्रतिशतसम्म तलब बढाइन्छ ।
बजेट भाषणमा तर अर्थमन्त्रालयले घरायसी काम गर्ने, निजी क्षेत्रमा काम गर्ने, होटेल तथा पसलमा काम गर्ने मजदुरहरुको तलब बढाउँदैन र यता साहुले पनि बढाउँदैन । यता सरकारी जागिर खान कि त राजनितिक दलको झोला बोक्नुपर्छ कि त आफ्नो मान्छे चाहिन्छ होइन भने सरकारी जागिर खान ग्राहो छ ।अहिले पढेकोदेखि नपढेकोसम्मैले निजी क्षेत्रमा काम गर्छन् । यँहा करोडौँ जनताहरु निजी क्षेत्रमै आबद्ध छन् । तर यो क्षेत्रमा काम लगाउने साहु तथा कम्पनीहरुले यिनीहरुलाई थोरै तलब दिएर ठगीरहेको छ । जनसंख्याको आधारमा २० प्रतिशत मानिसले सरकारी जागिर खान्छन् र ८० प्रतिशत मानिसले निजी क्षेत्रमा काम गर्छन् ।
तर ८० प्रतिशत मजदुरहरुको हितमा न राजनैतिक दलका नेताहरु नै आवाज उठाउँछन् न सरकार नै के गर्छ । अनि यता काम लगाउने साहु भने यिनीहरुलाई शोषण गरिरहन्छन् । पछिल्लो समय त निजी अस्पतालमा काम गर्ने नर्स तथा डाक्टरहरु पनि थोरै तलबमा काम गर्न बाध्य छन् । नेपालमा काम गर्ने मजदुरहरुले न सरकारले ताकेबमोजिम नै तलब पाएका छन् न कम तलब भएपनि समयमै पाएका छन् ।दोहोरी साँझमै महिनाको ३ देखि ५ हजारसम्ममा काम गर्ने मानिसहरु पनि भेटिन्छन् । यता कति घरधनीहरुले गरिबको छोराछोरीलाई पढाइदिन्छु भन्दै आफ्नो घरमा ल्याइ दिनरात नभनी काम लगाउँछन् तर न पढाइदिन्छन् न तलब नै दिन्छन् । यसरी घरधनीहरुले यसता सासाना नाबालकहरुलाई शोषण गरिरहेको देखिन्छ वा भेटिन्छ ।
कानूनमा जन्मिएको मितिले १६ वर्ष नपुगुन्जेल त्यसलाई नाबालक भन्छ र उसलाई काम लगाई शोषण गर्न पाइदैँन । तर इट्टाभट्टा, होटेल तथा पसल, घरायसी काम तथा यातायातमा सासाना बालबालिकाहरुलाई मर्ने गरी काममा खटाइएको हुन्छ । इट्टाभट्टामा काम गर्ने बच्चालाई पनि त्यही खाएकै भरमा काम लगाइएको छ । उनीहरुले नत पढ्न पाएका छन् न तलब नै पाएका छन् ।यता जन्मिएको मितिले ६८ वर्ष पुगेपछि ज्येष्ठनागरिक भनिन्छ । उनीहरुलाई पनि काम लगाउन पाइदैँन । तर यहाँ त १६ वर्ष नपुगेका र ६८ वर्ष कटेका मानिसहरुलाई दिनरात नभनी काममा लगाएर शोषण गर्दा पनि सरकार चुपचाप छ । के सरकारले दराजमा थन्काउन कानून निर्माण गरेको हो? महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले यसप्रति अनुगमन गर्दा वा चासो नदिँदा यस्ता बालबच्चा तथा बुढाबूढीहरु अन्यायमा परेका छन् ।
उनीहरुले न सरकारले निर्धारण गरेबमोजिम तलब पाएका छन् न राज्यबाट उपलब्ध हुने सेवासुविधा । श्रम मन्त्रालयले पनि अहिलेसम्म मजदुरहरुको तलब बढाउनुपर्छ भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छैन र पुरानो तलब पनि नदिई काम लगाउनेहरुलाई अनुगमन गरी कारबाही गरेको छैन । सरकारी कर्मचारीको तलब बढेको बढ्यै गर्छ तर निजी क्षेत्रमा काम गर्नेको बढ्दैँन । तर व्यापारीले त तेरो तलब बढेन भनेर सामानको मूल्य बढाउदैँन नि त । त्यसैले अब महंगीका कारण मजदुरहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् ।