काठमाडौँ २० असार । नेकपा एमालेका उपमहासचिव तथा गृहमन्त्री विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधव नेपालले भेट्न चासो नदिएको बताएका छन् ।
गृहमन्त्री पौडेलले राष्ट्रिय सभाको बैठकबाट बाहिरिने क्रममा संञ्चारकर्मीले राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन् । आज बिहान नेपाल निवास पुगेका पौडेलले प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न आग्रह गर्दा चासो नदेखाएको बताएका हुन् ।
एक आपसमा बसेर सल्लाह गर्नुहोस् ,पार्टीलाई एकतावद्ध भएर लैजानुपर्छ भन्दा नेपालले रुची नराखेको पौडेलले बताएका हुन् ।