ओलीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने भएकाले हस्ताक्षर फिर्ता हुँदैन : झाँक्री — OSNepal

ओलीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने भएकाले हस्ताक्षर फिर्ता हुँदैन : झाँक्री

LC (KTM) July 04, 2021 0

काठमाडौं २० असार । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राजनीतिक र कानूनी लडाईँ जारी नै रहेको बताएकी छन् । आज बिहान एक कार्यक्रममा सहभागी भएकी नेतृ झाँक्रीले यस्तो प्रतिक्रिया दिएकी हुन् । कार्यक्रममा बोल्न क्रममा झाँक्रीले संस्थापन पक्षले नै पार्टी एकताको ढोका बन्द गरेको आरोप समेत लगाएकी छन् ।

‘एकता भनेको त अनन्त प्रक्रिया हो । अहिले नै समाप्त भयो भनेर घोषणा गरिहाल्न त मिल्दैन् । तर, जुनखालका परिस्थितिहरु देखा परेका छन्, ती परिस्थितिहरुले पार्टीको संस्थापन पक्षले ढोका बन्द गरेको हो कि भन्ने कुरा चाहीँ बुझ्न गाह«ो छैन् ’ उनले कार्यक्रममा भनिन् ।

आफुहरु अन्तरसंघर्षका माध्यमबाट आफ्नो एजेण्डा स्थापित गर्ने र संस्थापनका गलत निर्णयहरु सच्याउने यो अभियानमा भएको बताएकी झाँक्रीले आफुहरुलाई एमालेमा ढोका बन्द गर्न विधान अधिवेशन ल्याउन लागेको बताएकी छन् । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने दावी गरेकी झाँक्रीले कार्यक्रममा अगाडी भनिन्,

‘अदालतबाट फैसला आउन बाँकी छ । त्यसकारण प्रक्रियामा भाग लिएका मान्छेले त्यसलाई बिचमै तुहाएर अनि यसबाट हस्ताक्षर फिर्ता लिने भन्ने कुनै सवाल नै आउँदैन् । यो नैतिक रुपमा, राजनीतिक रुपमा, यो हाम्रो स्थायित्वको लागि, लोकतन्त्रको लागि, संविधानको रक्षाको लागि, संविधानलाई क्रियाशिल बनाउनको लागि हामीले जे गर्यौं, जे जोखिम उठायौं, फिर्ता लिने भन्ने कुरा आउँदैन् । हामी फिर्ता लिँदैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर