चित्त दुखाएका फ्यानहरुलाई आमिर र किरणले भिडीयो मार्फत यसो भने , आफुहरुको सम्बन्ध बिच्छेद बारे पहिलो पटक आमिरले खोले यस्तो राज — OSNepal

चित्त दुखाएका फ्यानहरुलाई आमिर र किरणले भिडीयो मार्फत यसो भने , आफुहरुको सम्बन्ध बिच्छेद बारे पहिलो पटक आमिरले खोले यस्तो राज

LC (KTM) July 04, 2021 0

बलिउडका मिष्टर परफेक्टसनिष्ट आमिर खान र उनकी पत्नी किरण राव बीचको सम्बन्ध बिच्छेदले यो जोडीको शुभचिन्तक तथा फ्यानहरुको मन पनि एक किसिम बिच्छेद जस्तै नै भएको थियो । दुबैजनाको बक्तब्यमा फ्यानहरुले आश्चर्य प्रकट गरिरहेका थिए भने अबिश्वास पनि ।

तर आम दर्शक तथा फ्यानहरुको यो अबिश्वासलाई आमिर र किरणले बिश्वासमा परिणत गराई दिएका छन् । उनीहरु दुबै जना यस पटक एउटा भिडीयोमा संगै देखिएका छन् । आमिरले किरण संगै बसेर उक्त भिडीयोमा आफ्ना फ्यानहरुलाई आफुहरुको सम्बन्धविच्छेदबारे बताएका छन् ।

फोटोग्राफर मानव मंगलानीले आफ्नो सामाजिक सञ्जाल इन्ष्टाग्राम उनीहरु दुबै जनाको भिडियो शेयर गरेका हुन् । भिडीयामा आमिर र किरण एकअर्काको हात समातेर आफूहरू एक परिवार भएको भन्दै दर्शकलाई आश्वस्त बनाईरहेको देख्न सकिन्छ । ४० सेकेन्डको उक्त भिडियोमा आमिर र किरण दुबै खुशी मुद्रामै देखिएका छन् ।

आमिरले भिडियोमा आफुहरुको म्बन्ध बदलिएको तर सधैँ साथमा रहेको बताएका छन् । आमिरले आफ्ना फ्यानहरुलाई यो कुरा सुनेर दुःख लागेको होला भन्दै आफ्ना कुराहरु सुनाएका छन् । उनले भिडियोमा भनेका छन् ‘मलाई थाहा छ तपाईंहरूलाई यो सुनेर दुःख लागेको होला । नराम्रो लागेको होला । तपाईं आश्चर्यमा पनि पर्नु भयो होला ।

हामी एकदमै खुशी छौं र एउटै परिवार हो । हाम्रो सम्बन्धमा परिवर्तन आएको छ, तर हामी एकअर्काका साथी हौं । पानी फाउन्डेसन हाम्रो छोरा आजाद जस्तै हो । हाम्रो लागि तपाईंहरू प्राथना गर्नुस् कि हामी खुशी रहौं ।’ उनीहरुको यो भिडीयो अहिले सामाजिक सञ्जालमा पुरा भाईरल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर